शिबिरका चोकचोकमा हाउजी खेल्ने खेलाउनेहरूको प्रतिष्पर्धा थियो । शिविर पुगेर पनि बिशेष रिपोर्टिङ हुन सकेन किनकी मोवायलको समस्याले गर्दा भेट्न खोजिएको साथीसँग सम्पर्क हुन सकेन । तर पनि हामीले त्यहाँका केही फोटोहरू भने खिचेर ल्याएका छौं । दशैंकै अवसरमा साथी गोपाल झापालीले तयार गरेको एउटा समाचार यसै साथमा
झापा र मोरङमा रहेका भुटानी शरणार्थी कलाकार समूहले साङ्गीतिक भेटघाटसहित दसैँ मनाइरहेका छन् ।
काठमाडौँबाट आएका बाँसुरीबादक दीपक राईको प्रमुख आतिथ्यमा दसैँसम्बन्धी धुन बजाएर मनोरञ्जन गरिएको समूहका सदस्य किरण गुरुङले बताउनुभयो ।
समूहले विभिन्न सङ्गीत तथा नृत्यसमेत प्रस्तुत गरी शरणार्थीलाई खुसियाली प्रदान गरिएको बताइएको छ ।
पुनर्वासका कारण यस वर्ष शरणार्थीको दसैँमा रमाइलो हुन सकेको छैन । शरणार्थीका आधा परिवार तेस्रो मुलुक गइसकेकाले दसैं खल्लो भएको उनीहरू बताउँछन् ।
विगतका वर्षहरूमा धेरै शरणार्थीहरू एकदेखि अर्को शिविर आउने जानेको घुइँचो हुने गरेको क्याम्प सचिव गणपति अधिकारीले स्मरण गर्नुभयो ।
सन् २००८ बाट सुरु भएको पुनर्वास प्रक्रियाले हालसम्म ३६ हजार भन्दा बढी शरणार्थी विभिन्न ८ देशमा पुनर्वास भइसकेका छन् ।

From: Tito Piro Mitho